Breaking News

सेन्ट्रल कलेज चितवन जिल्ला लिगः सौराहा र बसेनीले अंक बाँडे

Banner

चितवन,पुस २०-

आजबाट सुरु भएको सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साबिक बिजेता सौराहा युवा समाज सौराहा र नारायणी मोटर्स युनिक एफसीले अंक बाँडेका छन् ।आज भएको उद्घाटन खेलमा २-२ गोलको बराबरी खेल्दै सौराहा र बसेनीले अंक बाँडेका हुन् । सौराहाका लागि राजेश पौडेल र सुशन आले मगरले गोल गरे । बसेनीका अमृत घलेले एक गोल गरे । बसेनीले १ गोल भने उपहार पाएको थियो ।

खेलमा अग्रता बसेनीले लिएको थियो । खेलको १४ औं मिनेटमा बसेनीका अमृत घलेले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सौराहाका डिन्फेन्डरले बसेनीका खेलाडीलाई डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा अमृतले कुनै गल्ती नगरी बललाई जाली चुमाए । एक गोलले पछि परेको सौराहाले पहिलो हाफमै बराबरी गोल गर्‍यो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सौराहाका राजेश पौडेलले बराबरी गोल गरे ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सौराहाले ५६ औं मिनेटमा गोल गर्दै अग्रता लियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुशन आलेले बसेनीका गोल रक्षक अघि बढेको फाईदा उठाउदै सुन्दर गोल गरे । खेलको अन्त्य तिर सम्हालिन नसक्दा सौराहाले आत्माघाती गोल खायो । ७८ औं मिनेटमा सौराहाका रविन दराईले आत्माघाती गोल गरेपछि खेल बराबारीमा सकियो । खेलको म्यान अफ दि म्याच सौराहाका राजेश पौडेल घोषित भए ।

जिल्ला लिग अन्तर्गत बुधवार दुई खेल हुनेछ । पहिलो खेलमा वातासिनो गीतानगर ब्वाईज र माडी ११ भिड्नेछन् । पहिलो खेल दिउँसो १ बजे हुनेछ । यस्तै बुधवारकै दोस्रो खेलमा नारायणगढ फुटबल क्लब एनएफसी र केबीए ग्लोबल भरतपुर फुटबल क्लब भिड्नेछन् । दोस्रो खेल दिउँसो ३,३० बजे हुनेछ ।

माघ ८ गतेसम्म चल्ने लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक-एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ । हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच-पाँच हजार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>