खेलकुद

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल पुस २० गतेदेखि

Banner

चितवन,पुस १९-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल पुस २० गतेदेखि सुरु हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघले प्रतियोगिता बारे जानकारी दिएको हो ।

लिग माघ ८ गतेसम्म चल्नेछ । भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा हुने जिल्ला लिगमा १३ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमीफाइनल प्रवेश गर्नेछ । दुवै समूहबाट पुछारमा रहने एक/एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

लिग चरणका ३६, सेमीफाइनल र फाइनल गरी ३९ खेल हुनेछ । लिग विजेताले ट्रफीसहित एक लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५/२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ । हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच/पाँच हजार प्राप्त गर्ने संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो ।

नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि लिगको मुख्य प्रायोजक हो । लिग सम्पन्न गर्न सात लाख खर्च हुने अनुमान गरिएको छ । लिगका सबै खेल एन्फा चितवनको फेसबुक पेजबाट लाईभ हुनेछ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञ विलास (वाईबी) पौडेलले आफूले खेलकुदको विकासका लागि सधैँ सहयोग गर्दै आइरहेको बताउनुभयो । चितवनको फुटबल खेलको विकासका लागि ए डिभिजन लिग फुटबल प्रतियोगिता निकै महत्वपूर्ण रहेको पौडेलको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>