गसिप

गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

Banner

काठमाडौं,पुस १७-

गायक राजेशपायल राईमाथि स्टेजमै हातपात भएको छ । अमेरिकाको न्युयोर्कमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका राईमाथि स्टेजमै हातपात भएको हो ।

गायक राईमाथि हातपात भएको भिडियो युट्युबमा पनि अपलोड भएको छ । उक्त भिडियोमा राईले गीत गाइरहेका बेला पछाडिबाट आएका व्यक्तिले उनीमाथि हातपात गरेको देख्न सकिन्छ । राई नयाँ वर्ष सन् २०२२ को अवसरमा प्रस्तुति दिँदै थिए ।

राईमाथि हातपात भएपछि कार्यक्रममा सहभागीले उनलाई बचाएका थिए । हातपात गर्नेलाई त्यहाँबाट निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>