Breaking News

चितवनमा ५ महिनामा २२ जना महिला बलात्कृृत, ५ जनामाथि बलात्कारको प्रयास

  • Logo
    app haru
  • १६ पुस २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुष १६ –
चितवनमा पछिल्लो ५ महिनामा २२ जना महिला बलात्कृृत भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २२ वटा जबरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएका हुन् ।

गत आव ०७७/७८ मा कुल ६०, आव ०७६/७७ मा कुल ५१, ०७५/७६ मा पनि ५१ र ०७४/७५ मा ५५ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए ।

जिल्लामा चालु आर्थिक वर्षको ५ महिनामा जवरजस्ती करणी उद्योगका ५ वटा मुद्दा दर्ता भएका छन् । गत आवमा कुल १३, आव ०७६/७७ मा कुल २५, ०७५÷७६ मा कुल ९, ०७४/७५ मा कुल २३ वटा मुद्दा दर्ता भएका थिए ।

यस आवको ५ महिनामा बालयौन दुराचारका ६ वटा मुद्दा दर्ता भएका छन् । गत आवमा कुल १०, आव ०७६÷७७ मा कुल ५, आव ०७५/०७६ मा कुल १० र ०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएका थिए ।

यस आवको ५ महिनामा अप्राकृतिक मैथुनका कुनै पनि मुद्दा परेका छ्रैनन् । आव ०७६/७७ मा ३ वटा र ०७५/७६ मा एउटा मुद्दा परेको थियो ।

डीएसपी अधिकारीले समग्रमा यौनजन्य हिंसा केहीमात्रामा बढेको बताए । यौनजन्य हिंसाका घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कानुनी कारबाहीका लागि मुद्दालाई अदालतसम्म लाने गर्दछ । अदालतले घटनाको प्रकृति र प्रमाणका आधारमा मुद्दालाई फैसला गर्ने गर्दछ ।

अधिकांश यौजनजन्य हिंसाहरु आफन्त, छिमेकी र साथीसंगी अर्थात् चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । उनका अनुसार बालिकाहरु धेरै उमेर पुगेका व्यक्तिबाट यौनजन्य हिंसामा परेको देखिन्छ भने अन्यको हकमा एउटै उमेर समूहका व्यक्तिबाट हिंसामा पर्ने गरेको देखिन्छ ।

प्रहरीका अनुसार पछिल्लो समय समाजमा सचेतना बढ्दै गएका कारण पनि बलात्कारका घटना बाहिर आउन थालेका छन् । घटनालाई गोप्य राखिने वा भित्रभित्रै मिलाउने प्रवृत्ति बन्द हुँदै गएको छ । यस्तै पछिल्लो समय प्रहरीको सक्रियता बढ्दै गएकाले पनि बलात्कारका घटनालाई बाहिर ल्याउन सकिएको एसपी अधिकारीले बताए ।

पछिल्लो समय बलात्कारको परिभाषालाई परिमार्जित गरिँदै लगिएको छ । २० वर्षभन्दा कम उमेरका केटीसँग सहमतिमा, प्रेम सम्बन्ध भएर वा विवाह नै गरेर भए पनि यदि शारीरिक सम्बन्ध राखिएको छ भने त्यो बलात्कार हुन्छ । यस्तै विवाह गरिसकेपश्चात पनि श्रीमतीको सहमतिबिना श्रीमान्ले सम्भोग गरेमा पनि त्यो बलात्कार हुन्छ । यदि त्यस्तो भएको प्रमाणित भएमा प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउने एसपी अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>