भिडियो

गायक हेमन्त शर्मा ‘दशक गायक’को अवार्डले सम्मानित

Banner

काठमाडौँ, पुस १२–

सदाबहार लोकप्रिय गायक हेमन्त शर्मा ‘दशक गायक’को रुपमा सम्मानित भएका छन् । नवौं म्युजिक खबर म्युजिक अवार्ड–२०२१ को अवसरमा गायक शर्मा ‘दशक गायक’को रुपमा सम्मानित भएका हुन् । गायक शर्मालाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले सोमबार सम्मान पत्र प्रदान गरे ।

पुराना गायकहरु नयाँ पुस्ताको आवागमन अनुसार सांगीतिक क्षेत्रमा जम्न नसक्दा पलायन हुने अवस्थामा पुगेका छन् । तर गायक शर्मा भने अहिले पनि युवा पुस्तामाझ लोकप्रिय छन् । उनको हालसालै ‘किन झस्कियो’ बोलको गीत सार्वजनिक भएको छ । कला लम्सालसंगको सार्वजनिक यस गीत लोक भाकामा रहेको छ । गायक शर्माले लोक भाकासंगै आधूनिक गीतहरु बजारमा ल्याउने गरेका छन् ।

जसका कारण उनी सबै पुस्तामाझ आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन् । गायक शर्माका पुराना गीतहरु ‘आउँदै गर मालती, माया त यस्तो होस्, मुल होउ भने रसाई देउ, थाप न थाप हातैमा..) सधै चर्चित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>