अन्तर्राष्ट्रिय

जापानमा भीषण हिमपात, सडक रेलमार्ग तथा उडान अवरुद्ध

Banner

काठमाडौँ, पुस १२-

सोमबार मध्य जापानमा भीषण हिमपातपछि सडकमा ट्राफिक जाम भएर कैयौं सडक, रेलमार्ग तथा उडान अवरुद्ध भएका छन् ।

त्यस्तै, हिमपातकै कारण विद्युत अवरुद्ध हुँदा ३ हजार २ सयभन्दा बढी परिवार प्रभावित भएका छन् र हिजो झण्डै १३० वटा आन्तरिक उडान रद्द गरिएको थियो । त्यस्तै हिमपातकै कारण आज (सोमबार) पनि ५० वटा उडान रद्द हुन सक्ने जापानको एनएचके समाचार माध्यमले जनाएको छ ।

‘शक्तिशाली हिउँदै चापका कारण भीषण हिमपात भइरहेको छ’, मातसुनोले भने, ‘भोलि समेत हिमपात हुन सक्ने हुँदा सावधानी एवं सजगता अपनाउन आवश्यक छ ।’

विशेष गरी जापानको पूर्वी तथा पश्चिमी क्षेत्रमा हिमपात भएको र कुनै/कुनै स्थानमा हालसम्मकै धेरै हिमपात रेकर्ड गरिएको छ ।

जापानमा हिमपातका कारण सडक तथा रेलमार्ग हिउँले ढाकिँदा यात्रुहरू अलपत्र परेका छन् । त्यस्तै जापान सरकारका प्रवक्ता हिरोकाजु मातसुनोका अनुसार हालसम्म चिसोका कारण कसैको पनि मृत्यु भएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>