Breaking News

आहा ! पश्चिम चितवनको मनोरम तोरीबारी (फोटोफिचर)

  • Logo
    app haru
  • ८ पुस २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस ८ –
कृषिको उर्वर भूमि चितवन तोरी खेतीका लागि प्रख्यात जिल्ला हो । यति बेला चितवनका बारीमा तोरी फुलेर पहेँलै भएका छन् ।

राम्रो उत्पादनसँगै आम्दानी पनि अन्य बालीभन्दा राम्रो हुने भएकाले चितवनका किसानहरु तोरी खेतीतर्फ आकर्षित छन् । पूर्वि चितवन, पश्चिम चितवन र माडी सबै क्षेत्रमा तोरीको उत्पादन राम्रो हुने गर्दछ ।

तोरी फुलेपछि मौरीपालक किसानहरुले पनि तोरीबारीमा मौरी ल्याएर राखेका छन् । तोरीमा विषादी छर्दा मौरी मर्ने गरेको मौरीपालक किसानहरुको गुनासो छ । तसर्थ तोरीमा फूल फूल्नुअघि र पछिमात्र विषादी छर्नु उत्तम मानिन्छ । फूल फूलेपछि विषादी छर्नैपर्ने अवस्था आएमा बेलुकाको समयमामात्र छर्न मौरीपालक किसानहरुले आग्रह गर्दै आएका छन् ।

तस्विरमा हेर्नुहोस् पश्चिम चितवनको दिव्यनगर र मेघौलीमा गरिएको तोरी खेती ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>