देश/प्रदेश

स्थगित भएको ‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने

Banner

काठमाडौँ, पुस ७-

प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने भएको छ ।

आयोजकले जारी गरेको विज्ञप्तिमा अब कार्यक्रम नयाँ मिति अनुसार आउँदो वर्ष मार्च १६ (चैत २) गते अमेरिकामा हुने उल्लेख छ ।

फिनालेको एक दिनअघि कोरोना संक्रमण पुष्टि भएर आयोजकले कार्यक्रम स्थगित गरेपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि स्वदेश फर्किसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>