Breaking News

चितवनमा धान खेती : उत्पादकत्व बढे पनि उत्पादन घट्यो, १२ प्रतिशत धान डुबानमा

Banner

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष ५ –
चितवनमा यस उत्पादकत्व बढे पनि धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले यस वर्ष चितवनमा उत्पादकत्वअनुसार धान उत्पादन हुन नसकेको जानकारी दिए ।

पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा भएको धान खेतीमा ८२ हजार ९२२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष सोही क्षेत्रफलमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

पुनका अनुसार यस वर्ष धान उत्पादन ३८५ मेट्रिक टनले बढेको देखिए पनि उत्पादकत्वका आधारमा भने धान उत्पादन घट्दो छ । यस वर्ष धानको औसत उत्पादकत्व ४.११ मेट्रिक टन प्रति हेक्टर रहेको छ । उत्पादकत्वका आधारमा हिसाब गर्दा यस वर्ष धान उत्पादन ९४ हजार २२९ हुनुपर्ने हो । गत वर्ष उत्पादकत्व ३.६० प्रतिशत रहेको थियो । जसअनुसार गत वर्ष ८२ हजार ५३७ हुन आउँछ ।

उत्पादकत्वअनुसार धानको उत्पादन नहुनुमा यस वर्ष डुबान प्रमुख कारण रहेको पुनले बताए । यस वर्ष डुबानकै कारण कुल क्षेत्रफलको १२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको छ । क्षति भएका किसानलाई क्षतिपूर्ति दिन कार्यविधि बनेको भए पनि माथिबाट परिपत्र आइ नसकेको पुनले जानकारी दिए ।

यस्तै अरु कारणहरुमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु, गवारो तथा फड्के किराको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोग नुहुनु पनि कारणहरु रहेको पुनले बताए ।

तर किसानहरुले उत्पादन घट्नुका कारण धान खेतीले समयमा समयमा मल नपाउनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नु भएको बताउँदै आएका छन् ।

चितवनलाई धानको भण्डार नै मानिन्छ । यहाँ सावित्री, वार र सावा धान धेरै लगाइने गरेको सूचना अधिकारी पुनले जानकारी दिए । चितवनमा कुल खेतीयोग्य जमिन ४६ हजार ३०० हेक्टर रहेको छ । जसमा २२ हजार ९२७ हेक्टरमा मात्र धान खेती गरिने गरेको छ ।

इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा राम्रो धान उत्पादन हुने गर्दछ । विशेष गरी भरतपुर महानगर र खैरहनी नगरपालिका धान खेती धेरै गरिने गरेको पुनले जानकारी दिए । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>