अर्थ
३६ लाखबढी भिउज पाएर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘कबड्डी ३’ फिल्म

काठमाडौँ, पुस ५-
केही दिन अगाडि मात्रै सार्वजनिक भएका ‘कबड्डी’ फिल्मले थेरै समयामै राम्रो भिउज पाएर युट्युब ट्रेन्डिङ कब्जा जमाएको छ ।
६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेकै कारण फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ ।
ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक पाएको र प्रतिक्रिया पनि सकारात्मक पाएको छ । त्यस्तै फिल्मको डिसलाइक भने लुकाइएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय र शैलेन्द्र डी. कार्कीले खिचेको फिल्मले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथा उठान गरिएको पाइन्छ ।


























