मनोरञ्जन

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रदर्शन

Banner

काठमाडौँ, पुस ४-

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ ।

रेड ओशिय ईन्टरटेन्टमेन्टको प्रस्तुति विकाश घले गुरुङद्वारा निर्देशीत ‘फिच्यो’ को विशेष प्रदर्शनी सामाखुशीस्थीत रानीदेवी पार्टीप्यालेशमा भएको थियो ।
उक्त समारोहमा चलचित्र हेर्न तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवम् सञ्चारकर्मी सहज कुमार घले, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फ्लिमका अभिनेता वुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवम् संगीतकार सन्तोष श्रेष्ठको सहभागिता रहेको थियो । सो अवसरमा अतिथिहरुले चलचित्रलाई शुभकामना दिएका थिए ।

चलचित्रमा विश्वास गुरुङ, कासी घले(इन्द्र), मन्त्रीजंङग गुरुङ, टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिवी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पाा, अन्जना गुरुङ र श्रृजना गुरुङको प्रमुख भूमिका रहेको छ ।

चलचित्रलाई विकाश घले गुरुङले निर्देशन गरेका छन् भने निर्माताका रुपमा शान्ति गुरुङ सु.मन्त्री गुरुङ, वुद्धिमाया गुरुङ एवम् अभिनास माङसुम रहेका छन् । ‘फिच्यो’ को सह–निर्देशन सोम गुरुङ हुन् भने छायाङकन प्रकाश गुरुङले गरेका छन् ।

उक्त चलचित्रमा संगीत सन्तोष श्रेष्ठ र गणेश गुरुङको रहेको छ भने मेलिना राई, अन्जना गुरुङ, सुवास गुरुङ र अभिनास माङसुमको पाश्र्व स्वर रहेको छ । त्यस्तै गोरे गुरुङको निर्देशनको नृत्य निर्देशन, तारा थापा किम्बेको सम्पादन, सम्राट थापाको पाश्र्वसंगीत रहेको छ । ‘फिच्यो’लाई यसपछि अमेरिकाका विभिन्न स्थानमा विशेष प्रदर्शनी गर्ने तय भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>