Breaking News

चितवनको राप्तीमा आगलागीमा परेर दुई वालवालिकाको मृत्यु

Banner

चितवन,मंसिर १२-

चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजन बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जीत बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे । आगलागीमा परि जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट घर,घरमा भएको लत्ताकपडा ,खाद्यान्न ,भाडाकुडा पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिवार घटना भएपनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र प्रहरीले घटनाको जानकारी गराएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>