Breaking News

बिहान भिजिबिलिटी कम हुँदा भरतपुर लगाएत अधिकांश ठाँउको उडान प्रभावित

Banner

काठमाडौँ, मंसिर ९-

हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा बिहानको अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयलेका अनुसार भरतपुर, बिराटनगर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहानको निर्धारित उडानमा ढिलाइ भएको हो ।

आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान ६ बजेतिर भिजिबिलिटी १५ सय मिटरमात्रै थियो ।

त्यस्तै बिहान समयमा उडान हुँन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप रहेको र उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको कार्यालयले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>