Breaking News

चितवनमा एमालेको मोटरसाइकल र्‍यालीमा जे देखियो (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • ७ मंसिर २०७८, मंगलबार
Banner

चितवन, मंसिर ७ –

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आज मंगलबार भरतपुरमा मोटरसाइलक र्‍याली  निकालेको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट निस्केको र्‍याली आँपटारी, केन्द्रीय बसपार्क, चौबिसकोठी, पुलचोक हुँदै पुनः नारायणी नदी किनारमै गएर सकिएको थियो ।

युवा संघ नेपाल चितवनको संयोजनमा र्‍याली गरिएको थियो । युवा संघ चितवनका संयोजक सुशील केसीले भरतपुरसहित जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको जानकारी दिए ।

नेकपा एमालेको केन्द्रीय निर्देशनअनुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>