भिडियो

अन्जु पन्तको आवाजमा ‘जितेर पनि हारमा छु’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौं । चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीत फिमेल भर्सनमा गायिका अन्जु पन्तको आवाजमा सार्वजनिक भएको छ । गीतको भिडियोमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ । सुरेश वाग्लेको शब्द, रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ ।

हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन् । यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिले जस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ । यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो ।

यसपटक पुष्प खड्कासँग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क छन् । गीतको भिडियोमा अन्य कलाकारहरू सोनी ल्वागुन, विवेकदत्त मंगेस र सुरेश वाग्लेको समेत अभिनय देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>