देश/प्रदेश
मिस ग्राण्ड नेपाल-२०२१ का लागि १६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, कात्तिक २३ –
मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागि १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट हाल १६ जना प्रतिश्पर्धी राखेको हो ।
आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस फेस अफ बिउटी, इन्टरनेसनल मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धीहरु तयार पार्दै आएको छ । त्यस्तै यो वर्ष देखि अर्को एउटा ताज सहमेत थप गरी ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ ।
राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरीहरुको सहभागिता मध्य अहिले १६ जना मात्रै अग्र स्थानमा पुगेका छन ।
उक्त प्रतिस्पर्धामा निशु शाह सिरहाबाट , सपना कार्की पोखराबाट , वर्षा राणा नवलपरासीबाट , ममता मल्ल डोटीबाट , सोनाली सापकोटा काभ्रेबाट , सुर्जिना श्रेष्ठ काठमाडौबाट , मनिषा छिनाल हेटौडाबाट , यशोदा रेग्मी पाल्पाबाट , ममता बुढा क्षे त्रि बर्दियाबाट , बबिता आचार्य झापाबाट , अस्मिता तामाङ काठमाडौबाट , डिम्पल खरेल झापाबाट , प्रमिला विश्वकर्मा पोखराबाट , सोना यादव बाराबाट , आयुष्या चन्द ठकुरी , अन्जली थापा दाङबाट रहेका छन ।
मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर।के। इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको दर्शकहरुले बताएका छन । छनोटमा परेका १६ जनाकै अहिले भोटिङ राउन्ड सुरु भइसकेको छ । हाल सबै प्रतियोगीहरु भोटको लागि आ-आफ्नो गृह जिल्ला पुगेका छन ।
मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै गुणउइल एम्बेसडर र नेपाली चलचित्रमा नायिका समेत हुने अवसर पाउने छन् । त्यस्तै पाँचै बिजताले भने इन्टरनेशनल प्रतियोगिता २०२१ मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।
























