गसिप

आजदेखि बन्द भयो मुन्द्रेको कमेडी क्लब

Banner

काठमाडौं,कार्तिक २२-

आजदेखि हास्यकलाकार जीतु नेपालद्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । कार्यक्रम सञ्चालक जितु नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै आजदेखि शो बन्द भएको घोषणा गरेका हुन् ।

प्रत्येक साँझ सोमबार ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोको अन्तिम भाग भने आज प्रसारण हुने जितु नेपालले भनेका छन्। उनका अनुसार निर्माण एजेन्सीले आफूसँग सल्लाह नै नगरी कलाकारहरुलाई अन्य कार्यक्रममा लिएर गएपछि कार्यक्रम बन्द गर्नुपरेको हो । साथै, कार्यक्रम चलाउँदाको दुःख देखेर यसअघि नै कार्यक्रम बन्द गर्न आफूले चाहेको पनि उनले बताए ।

नेपालले करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको पीडा पनि सुनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>