भिडियो

चर्चा कमाउँदै एन्डिसा अभिनित ‘बेबी यु आर माइ लभ’ (भिडियो)

Banner

काठमाडौँ । पछिल्लो समयको चर्चित थारु मोडल एन्डिसा चौधरी अभिनित थारु लभ गीत ‘बेबी यु आर माइ लभ’ बोलको म्युजिक भिडियोले चर्चा बटुल्दै गएको छ । एक साता अघि सार्वजनिक गीतलाई दर्शकहरुले मन पराईरहेका छन् ।

एन्डिसा थारु गीत संगीतका लागि पछिल्लो समयकी उदाउँदो कलाकार हुन् । उनको सोह्र बरस हमरालगायतका थुप्रै गीत हिट छन् । उनी नोबेल मिस्टर एण्ड मिस थारु आइकनबाट उदाएकी हुन् ।

पछिल्लो पटक सार्वजनिक बेबी यु आर माइ लभ बोलको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । सो भिडियो मुस्ताङमा छायाँकन गरिएको हो । यस गीतमा चर्चित गायिका अनु चौधरी र सुनिल चौधरीको स्वर रहेको छ ।

सुनिल चौधरीको शब्द रहेको यस गीतमा अनुमा चौधरीको संगीत रहेको छ । यस गीतको भिडियोलाई जनक चौधरीले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>