मनोरञ्जन
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहलाई
०

काठमाडौं,कार्तिक १३-
नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।
उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।
सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























