मनोरञ्जन

काठमाडौँको दोहोरी साँझमा जमेकी चितवनकी गायिका सुनिता

Banner

काठमाडौँ, कात्तिक ११–

चितवनको भरतपुर महानगरपालिका–६ गीतानगर निवासी गायिका सुनिता सुनार यतिबेला काठमाडौँमा छिन् । चितवनमा ख्याति कमाई सकेकी गायिका सुनिता अहिले भने काठमाडौंको दोहोरी साँझमा धमाका मच्चाई रहेकी छन् । सुन्धारास्थित डाँफे दोहोरी साँझमा गीत गाउँदै आएकी गायिका सुनिताको प्रस्तुतीले दर्शकहरु मख्ख पर्छन् । उनको सुरिलो स्वरले दोहोरी साँझ उपस्थित सबै झुम्ने गरेका छन् ।

लमजुङमा जन्मिएकी सुनिता चितवनमा वि.सं.२०६८ सालदेखि चारतले दोहोरी साँझबाट आफ्नो सांगीतिक करियरको सुरुवात गरेकी थिइन् । झण्डै दश वर्ष उनी चितवनमै आफ्नो कर्मथलो बनाएर काम गरिन् । कोरोनाले चितवनको दोहोरी साँझदेखि सबैजसो क्षेत्र प्रभावित बनाएपछि उनी काठमाडौँ लागिन् । राजधानी पुगेको केही समयमा उनी सबैको मन जित्न सफल भएकी छन् । ‘चितवनमा धेरै दुःख गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भए, अहिले काठमाडौंँमा पनि मेरो छुट्टै पहिचान बनेको छ’–गायिका सुनिताले भनिन् ।

गायिका सुनिता दोहोरी साँझमा मात्रै होइन, विभिन्न लाइभ दोहोरीमा समेत सामेल हुने गरेकी छन् । सांरगी संसार रोधीघरको लाइभ दोहोरीमा सुनिताको प्रस्तुती दमदार हुने गरेको छ । सुनिताको स्वर सुनेर दर्शकहरुले सकरात्मक प्रतिक्रिया दिने गरेका छन् । ‘लाइभ दोहोरीमा मेरो प्रस्तुतीले धेरै दर्शकहरु खुशी भएको पाउँछु, म अझै राम्रो गीत गाउने प्रयासमा छु’–गायिका सुनिताले भनिन् ।

गायिका सुनिता आफू सांगीतिक क्षेत्रमै छुट्टै पहिचान बनाउने गरि मेहनत गरिरहको बताउँछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>