मनोरञ्जन
नेपाली चलचित्र ‘कबड्डी ४’ को छायाँकन मुस्ताङमा

काठमाडौं, कात्तिक ७
हिजो (शनिबार)देखि मुस्ताङ फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ ।
फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने शनिबारबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम सिरिज हो । अघिल्ला तीन सिरिजको छायांँकन पनि मुस्ताङमै भएको थियो ।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सौगात मल्ल, गौमाया यात्री, पुष्कर गुरुङ, मिरुना मगर, कविता आले, जयनन्द लामा लगायतले अभिनय गरेका छन् । त्यस्तै गौमाया उक्त फिल्ममा डेब्यू गर्दैछिन् । यो पटक फिल्मको ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिने निर्माण युनिटले जनाएको छ ।
निर्देशक रामबाबु गुरुङले फिल्मको प्रै छायाँकन मुस्ताङको सेरोफेरोमा हुने बताए । बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि। कार्कीको छायाँकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म आगामी नयाँ बर्षमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।
























