Breaking News

स्कुल अफ हेल्थ साइन्स भरतपुरमा अझै खुलाइएन भर्ना, आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुको चेतावनी

  • Logo
    app haru
  • १७ आश्विन २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज १७ –
स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा तत्काल भर्ना नखुलाइए आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।

आज आइतबार अनेरास्ववियू (क्रान्तिकारी) स्कुल अफ हेल्थ साइन्स इकाई समिति भरतपुर, चितवनले एक विज्ञप्ति जारी गर्दै भोलि १८ गतेसम्म भर्ना नखुलाए आन्दोलन गर्ने चेतावनी दिएको छ । भर्ना नखुलाए आन्दोलनसहित तालाबन्दी गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै हिजो शनिबार नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले एक विज्ञप्ति जारी गर्दै भर्ना प्रक्रिया तत्काल खुलाउन कलेज प्रशासनलाई आग्रह गरेको छ । भर्ना प्रक्रिया नखुलाए आन्दोलनमा उत्रन बाध्य हुने परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।

एसइइ उत्तिर्ण गरेर स्कुल अफ हेल्थ साइन्समा अध्ययन गर्नका लागि आवेदन दिएका विद्यार्थीहरु कलेजले भर्ना नखुलाउँदा पढ्न पाइने की नपाइने हो भन्ने कुरामा अन्यौल परेका छन् । सरकारीमा अन्यौलता सिर्जना हुँदा उनीहरु निजी कलेजमा गएर भर्ना हुन बाध्य बनेका छन् ।

९ गते नै खुलाउनु पर्ने भर्ना निजी कलेजहरुमा खुलिसकेको छ । निजीमा विद्यार्थी पठाउन उक्त सरकारी कलेजले अझै भर्ना खुलाएको छैन । भर्नाको अवधि यही २४ गतेसम्म रहेको छ ।

हेल्थ साइन्सकी प्रमुख रजनी मल्लको कमजोर व्यवस्थापन, पदको अहमता र निजी कलेजको प्रलोभनमा परेर विभिन्न बाहनामा भर्ना प्रक्रिया खुलाउन ढिला गरिएको भन्दै यसअघि नारायणी अनलाइनले समाचार प्रकाशन गरिसकेको छ ।

त्यस सम्बन्धी समाचार पढ्न तलको लिंकमा जानुहोस्, :

निजी कलेजमा विद्यार्थी पठाउन चितवनको स्कुल अफ हेल्थ साइन्सको सेटिङ्ग, अझै खुलाएन भर्ना

 

विद्यार्थी संगठनहरुको विज्ञप्ति :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>