Breaking News

बनाएको एक महिना पनि नबित्दै सडक भत्किएपछि लोथरका स्थानीयद्धारा सडक अवरुद्ध

Banner

चितवन, भदौ २९-

पूवू–पश्चिम सडक खण्डको लोथर खण्डमा बनाएको सडक एक महिना पनि नबित्दै भत्किएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । चितवन र मकवानपुरको सिमा क्षेत्र लोथरमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले विहान ८ बजेबाट राजमार्ग अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

स्थानीयले ड्रम, ढुंगा, टायर राखेर सडक बन्द गराएका छन्। प्रहरी प्रवक्ता रिमालका अनुसार अहिले राजमार्गमा प्रहरीलाई पठाएर सडक खुलाउने विषयमा स्थानीयसँग छलफल भैरहेको छ । राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका छन् । चितवनको लोथरखण्ड र मकवानपुरको लोथरखण्ड दुबै क्षेत्रमा राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बनेको भएपनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने अहिलेसम्म बिग्रिएको सडक बनेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>