देश/प्रदेश

भायानेटको पर्पल प्याक अफर

Banner

काठमाडौँ, भदौ १०–

एनसेलसँगको सहकार्यमा इन्टरनेट सेवाप्रदायक संस्था भायानेटले ‘अल इन वान, भायानेट पर्पल प्याक !’ अफर ल्याएको छ ।

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेटले यस्तो अफर ल्याएको हो । यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउने छन् । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने छन् ।

त्यस्तै, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक रु. १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ । सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै अल–इन–वान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>