मनोरञ्जन

नयाँ सिजनको निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान

Banner

काठमाडौं, भदौ ४ – नेपालकै चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।

गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा भन्छन  नेपाल आइडलमा आउँने मेरो ठुलो सपना थियो र अहिले पुरा भयो । गायिका मोक्तानले भन्छिन,  हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको थियो, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ र नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो । त्यस्तै  नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>