चितवन विशेष

इन्टरनेटको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संघको आपत्ति

Banner

चितवन, भदौँ ३–

इन्टरनेट सेवा प्रदायक संघ नेपालले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरेन सेवा अवरुद्ध पार्ने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले एक विज्ञप्ती जारी गर्दै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीले इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पु¥याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिएर इन्टरनेट सेवा नै अवरुद्ध पारेको भन्दै आपत्ति जनाएको हो ।

पोल भाडादर बारे उच्च निकाय (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय) संग छलफल भईरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको संघको आरोप छ। साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि भरतपुरका दशौँ हजार उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएको संघले जनाएको छ । यसको प्रत्यक्ष असर अनलाइन शिक्षा, बैंकिंग कारोवार क्षेत्रमा परेको छ । संघले गैरकानुनी कार्यहरुलाई गम्भीर रुपमा लिई सो कार्यहरुलाई तत्कालै रोक्नका लागि आवश्यक काम कारबाही गरिदिनका लागि अनुरोध समेत गरेको छ ।

केही दिन अघि भरतपुर वितरण केन्द्रले इन्टरनेट प्रदायक कम्पनीहरुले विद्युत पोलको भाडा नतिरेको भन्दै इन्टरनेटको लाइन नै काटिदिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>