मनोरञ्जन
गरिमा पन्त बनिन् आमा
०

काठमाडौं, साउन २० –
नायिका गरिमा पन्त आमा बनेकी छिन् । गरिमाले सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् । गरिमाले छोरीलाई जन्म दिएकी हुन् । ५ वर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग गरिमाले बिहे गरेकी थिइन् । गरिमा र हरिले छोरीको नाम प्रिषा राखेका छन् ।
गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’
बेल्जियममा गरिमा र हरिले रेष्टुरेन्ट समेत संचालन गर्दै आएका छन् । ‘तीन घुम्ती’मा काम गरेपछि चलचित्र क्षेत्रबाट गरिमा टाढा भएकी थिइन् । उनले, ८ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























