मनोरञ्जन
गायक हिमाल सागरको नयाँ गीत ‘तिमी छौ र’ सार्वजनिक
०

काठमाडौँ, साउन १२-
म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पूर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ । गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन् । भिडियो निकै स्तरीय बनेको छ । भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छन् । भिडियोमा नायिका केसी निकै खुलेकी छन् । पीएण्ड्एच प्रोडक्सनको आधिकारिक च्यानल मार्फत् भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























