गसिप

साथीहरुसंग स्विमिङ पूलमा गर्भवती प्रियंका (तस्विर)

Banner

काठमाडौं,साउन ५-

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् । तर, केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् । यसअघि पति आयुष्मान देशराज जोशीसहितको फोटो राख्दै प्रियंकाले लेखेकी थिइन, ’अब तपाईँहरू प्रश्न सोध्ने क्रम बन्द गर्न सक्नुहुन्छ । हो, हामी गर्भवती छौँ ।’लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले गत १६ फागुन २०७६ मा विवाह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>