मनोरञ्जन
नेपाली चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गरिँदै
०
काठमाडौं, जेठ १
नेपाली चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गरिने भएको छ ।
नेपाली बक्स अफिसमा औसत व्यापार गरेको उक्त चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् ।
पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनीत यो चलचित्रले मित्रताको कथा भन्छ ।
दुई वर्ष अगाडि नै चलचित्रलाई हिन्दी भाषामा डब गरिए पनि कोरोनाका कारण भारतमा रिलिज गर्न नपाएको उल्लेख गर्दै मिलनले युट्युबमा भए पनि रिलिज गर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























