मनोरञ्जन

कोरोनाको कारण अभिनेत्री अभिलाषा पाटिलको मृत्यु

Banner

मुम्बई । अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाको कारण उनको मृत्यु भएको हो ।

अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो ।

कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो ।

अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् । यसको अलवा उनले ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरेकी छन् । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>