देश/प्रदेश

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

Banner

काठमाडौं, चैत ३१–

नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।

यो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चितगर्दै यो आकर्षक योजना चैत ३१ गते (मङ्गलबार)देखि संचालनमा आएको छ ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजनाअन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजनाअन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी+१० जीबी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै रु १३९ मा १४ दिन समय सिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समय सिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समय सिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजनाअन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदालिन सक्छन् ।

१ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमाग्राहकले यो प्याकएनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमामात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवाअन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामाग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजालिन सक्छन् ।

यस्तै नयाँ वर्षको यो योजनाअन्तर्गत रु ५० वा सो भन्दामाथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ । रु ५० देखि रु९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबीबोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजनाअन्तर्गत बोनस स्वरुप प्राप्त गर्दछन् ।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लगि उहि शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसि रहेको कम्पनीले जनाएको छ । यस योजनाअन्र्तगतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभाईसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एस्ट्रिक्स १७१२३एस्ट्रिक्स ७८ ह्यास डायल गरि आफ्नो आवश्यकताअनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म संचालनमा रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>