बलिउड/हलिउड
भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण
०

मुम्बई, चैत २३–
हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।
उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।
उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ ।
अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























