बजार

नेपालमा फेरि भित्रियो माइक्रोम्याक्स मोबाइल

Banner

काठमाडौं, चैत २–

ग्लोबल बिजनेस ग्रुप अन्र्तगतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्रायाएको छ ।

काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रा.लि.एक मात्र आधिकारिक बिक्रेता भएको बताएको छ । नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइ वोटा भेरिएन्ट उपलब्ध छन् ।

६.६७ इन्च डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको कम्पनीले जनाएको छ । इन नोट–१को दुइ वोटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ ।

४ जीबी र्‍याम, ६४ जीबी रुम भएको इन नोटको बजार मुल्य १९ हजार ९९० रहेको छ भने ४ जीबी र्‍याम, १२८ जीबी रुम भएको इन नोट–१को बजार मुल्य २१ हजार ४९० रुपैयाँ रहेको छ । कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडैनै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने विश्वास व्यक्त गरे । भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपालभर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको विस्तार गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>