बजार

भायानेटले ल्यायो भयंकर अफर, १ रुपैयाँमै सेट–अप बक्स

Banner

काठमाडौं, फागुन १३–

उच्च गतिको इन्टरनेट कनेक्टिभिटी कम्युनिकेशन सोलुसन प्रदायक संस्था भायानेटले भयंकर अफर ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सेवा र अफरहरु प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको भायानेटले फेरि आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको हो ।

भयंकर अफर अन्तरगत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु ८०० मा २० एमबिपियस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना रु.८०० मा निरन्तर मनोरञ्जन पाउने छन् ।

यस्तै भायानेटले अर्को अफरको रुपमा रु.१ मै सेट–अप बक्स ल्याएको छ । भायानेटको एक वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेट–अप बक्स रु.१ मै पाउने छन् । एक महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य एक हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिँदा सेटअप बक्सको मूल्य ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत अधिकतम मनोरञ्जन प्रदान गरुन् भन्ने उद्देयश्यले यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>