कर्पोरेट

एनसेल एपको नयाँ संस्करण सार्वजनिक, ग्राहकका लागि आकर्षक थप सुविधाहरु

Banner

काठमाडौं, फागुन १२–

सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्नग्राहक सेवालिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०)देखि विविध थप सुविधा सहितएनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।
त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिकबिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउननविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएकोे एनसेल एपमा थप गरिएको सुविधाहरुले एपमार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहकसेवाको लागि यो एपनिकै सहयोगी हुने विश्वास लिइएको छ ।

ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिना मात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याट बोट सेवा पनि समावेश रहेको छ ।

एनसेलका ग्राहकले गुगलप्ले स्टोर र एप्पलएप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>