चितवन विशेष

चितवनमा पाँच हजार बढीले लिए नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा

Banner

चितवन, माघ ७-

चितवनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटीटीएच) सेवामा आर्कषण बढेको छ ।

नेपाल टेलिकम भरतपुर शाखाका अनुसार कोरोनाको समयमा टेलिकमको फाइबर इन्टरनेटमा सेवाग्राहीका अझै विशेष आकर्षण बढेको हो । टेलिकमका भरतपुर शाखाका वरिष्ठ प्राविधिक अधिकृत गोविन्दप्रसाद पौडेलका अनुसार हालसम्म चितवनमा फाइबर इन्टरनेट पाँच हजार ६०३ जनाले जोडेका छन् ।

जसमा टाँडी र भरतपुर दुई क्षेत्र तोकिएको छ । जसअन्तर्गत भरतपुरमा तीन हजार ८४२ व्यक्तिगत र संस्थागत रहेका छन् । त्यस्तै टाँडी क्षेत्रमा एक हजार ७६१ जनाले फाइबर इन्टरनेट जोडेको टेलिकमले जानकारी दिएको छ । चितवनको भरतपुर, टाँडी, पर्सा र सौराहामा फाइबर नेट पुगेको प्राविधिक अधिकृत पौडेलले बताए । उनका अनुसार कोरोनाको समयमा विधार्थीको लागि अनलाइन कक्षाको लागि इन्टरनेट जोड्नेको संख्या बढिरहेको छ । हाल नेपाल टेलिकमको दुई प्याकेजसहितको इन्टरनेट सुविधा रहेको छ । जसमा कम्बो प्याक र सिंगल रहेको छ । कम्बो प्याकमा एउटै फाइबरमा टेलिफोन, टेलिभिजन र इन्टरनेटको सुविधा रहेको छ । चितवनमा अहिले टेलिफोन र इन्टरनेटसहितको टेलिकमको सेवा दिइरहेको पौडेलले बताए ।

कम्बो इन्टरनेटको लागि १५ एमबीपीएसको १२ हजार ३०० मूल्यमा वार्षिकरुपमा ग्राहक बन्न सकिनेछ भने सिंगल इन्टरनेट मात्रै १० एमबीपीएसको १० हजार ५०० मूल्यमा इन्टरनेटको सेवा लिन सकिने व्यवस्था रहेको छ । प्राविधिक पौडलका अनुसार चितवनका इच्छाकामना, कालिका, राप्तीलगायतका स्थानीय तहमा पनि आउँदो आर्थिक वर्षमा फाइबर इन्टरनेट पु¥याउने लक्ष्य लिएको जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>