सूचना-प्रविधि

ल्यापटप तथा मोबाइल मर्मतका लागि उत्कृष्ट तालिम नेपालमै

Banner

काठमाडौं ।

स्वदेशमै रोजगार बन्न चाहाने युवाहरुलाई लक्षित गरेर काठमाडौंको ‘गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङ’ले ल्यापटप तथा मोबाइल मर्मत तालिम संचालन गरिरहेको छ । वेरोजगार युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्दै धेरै युवाहरुलाई रोजगारी समेत प्रदान गर्न सफल संस्थाले निरन्तर तालिम संचालन गरिरहेको हो । यो संस्था नेपालको उत्कृष्ट तालिम प्रदान गर्ने संस्थाको रुपमा समेत छनोट भएको छ ।

गुरुले उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएका र निम्न आयश्रोत भएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै तालिम प्रदान गरिरहेको गुरु इन्जिनियरिङका संस्थापक पदमराज अवस्थीले बताउनुभयो । उहाँले तालिम पश्चात रोजगारी समेत प्रदान गर्ने गरिएको जानकारी दिनुभयो ।‘यहाँ तालिम लिएका कतिपय युवाहरुले आफैले पनि व्यवसाय संचालन गरिरहेका छन्,उहाँले भन्नुभयो, दक्ष जनशक्ति उत्पादन र वेरोजगारको अन्त्य गर्ने हाम्रो मुख्य अभियान हो ।’ अवस्थीले गुरुले आफ्नो सेवा देशैभर पु¥याउने प्रयत्न गरिरहेको बताउनुभयो ।

‘शिक्षा, सीप र रोजगारी’को नारासहित स्थापित गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले देशमा अभाव रहेको प्राविधिक एवम् दक्ष जनशक्ति आवश्यकतालाई मध्यनजर गरि युवावर्गहरुलाई गुणस्तरीय तालिम प्रदान गर्ने उदेश्य राखेको छ । संस्थाले रोजगारमूलक कार्यक्रम अन्तर्गत मोवाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, सिसिटिभीलगायतका मर्मत तालिमका साथै हाडर्वेयर र सफटवेयर सम्वन्धी विभिन्न विषयमा रोजगारीको सुनिश्चिततासहित तालिम प्रदान गर्दै आइरहेको छ ।

गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित युवाहरु तथा वैदेशिक रोजगारीका लागि बाहिर जाने युवाहरुका अलवा इन्जिनियरिङ अध्ययन समाप्त भएका विद्यार्थीहरुलाई थप प्रयोगात्मक तालिम प्रदान गर्दै आइरहेको छ । हरेक विषयका दक्ष प्रशिक्षकद्धारा विल्कुलै नयाँ प्रविधिमा तालिम प्रदान गर्दै आएको यस संस्थाले विभिन्न ख्यातीप्राप्त कम्पनीहरुमा आफुकहाँ तालिम लिएका दक्ष जनशक्ति उपलब्ध गराउदै आएको छ भने स्वरोजगार बन्न चाहने तथा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहयोग पनि गर्दै आएको छ ।

सानो लगानीबाट नै धेरै मात्रामा आम्दानी गर्न सकिने यस्ता प्राविधिक तथा मर्मत व्यवसायको भविष्य दिनानुदिन राम्रो हुदै गइरहेको बताउदै संस्थापक अवस्थीले विपन्न वर्ग एवम् भुकम्प पीडितहरुलाई विशेष सहुलियतमा तालिमको व्यवस्था गरिएको बताउनुभयो । उपत्यका बाहिरका विद्यार्थीहरुका लागि बिशेष सहुलियत दरमा तालिम दिइरहेको संस्थाले विद्यार्थीहरुको सहजताका लागि सहुलियत दरमा होस्टेल सुबिधाको पनि व्यवस्था गरेको जानकारी दिएको छ ।

अहिले गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले दक्ष जनशक्ति उत्पादन र आपूर्तिका अलवा देशका विभिन्न जिल्लामा कम्प्युटर, मोबाइल, ल्यापटपहरु रिपेरिङ्गका लागि २५ भन्दा बढी मर्मत सेन्टरहरु स्थापना गरी सेवाका अलवा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरिरहेको छ । गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले आफ्नो वेभसाइट www.nepguru.com मा गएर वा ४४८२३५७ मा सम्पर्क गरेर विस्तृतमा यसबारे जानकारी लिन सकिने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>