खैरहनी

थारु भाषाको चलचित्र ‘सङ्हाति’को शुभमुहुर्त

Banner

कारी महतो

चितवन, पुस २–

थारु भाषाको चलचित्र ‘सङ्हाति’को आज (बिहीबार) एक कार्यक्रमकाबीच शुभमुहुर्त गरिएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीले चलचित्रको शुभमुहुर्त गरे ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष होमकुमार पुन, वडा नं. ६ का वडाध्यक्ष रामशरण पाण्डे, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष कारी महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले थारु भाषाको फिल्मले मनोरञ्जन दिनुका साथै सकारात्मक सन्देश दिने र थारु भाषा संस्कृतिलाई जगेर्ना गरेर जिवन्त तुल्याउने अपेक्षा गरे ।

डियर लव फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता हरिशरण चौधरी र थन बहादुर महतो रहेका छन् । फिल्मको लेखन तथा निर्देशन किशोर चौधरीले गर्दैछन् । फिल्ममा गीतको शब्द, संगीत पनि किशोर चौधरीकै रहेको छ । सुमधुर स्वरका धनी सुरेश लामा, अन्नु चौधरी र आदेशको गायन, किशोर र हिरा चौधरीको नृत्य, मनोज चौधरीको द्वन्द, संजय लामाको श्रृंगार, रवि कोइराला र लक्ष्मण घिमिरेको छायाङ्कन रहेको छ ।

चितवन, कैलाली, जनकपुर, राजस्थान लगायत क्षेत्रमा छायाँङ्कन गरिने फिल्मको मुख्य भूमिकामा जितेन्द्र चौधरी र शोभा चौधरी नायक/नायिकाको रुपमा देखिनेछन् । अन्य कलाकारहरुमा भुलन चौधरी, हरिशरण चौधरी, सरिता महतो, विनिता चौधरी साथै विशेष अतिथि कलाकारमा सुरेश चौधरीको भूमिका रहने जनाइएको छ ।

युवा जगतले आफ्ना बुबाआमा समक्ष अभिव्यक्त गर्न नसक्ने सुखदुखका हरेक क्षण साथी वा सङ्हातिलाई कसरी प्रस्तुत गर्छन् ? साथीका लागि के कस्तो काम गर्न तयार हुन्छन् ? र जीवनसाथीलाई सङ्हातिको रुपमा कसरी प्रस्तुत गरिएको छ ? यो सबै मुल्यांकन गर्नका लागि फिल्म नै हेर्नुपर्ने निर्देशक किशोर चौधरीले बताए ।

शुभमुहुर्त कार्यक्रम निर्माता हरिशरण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । यस चलचित्रलाई खिचरा र फागुको बीचमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>