भिडियो

छोरीमाथी अन्जुको यति ठुलो भरोसा, छोरीका साथ मिडियामा (भिडियो)

Banner

काठमाण्डौ,मंसिर २६-

गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्त एकसाथ मिडियामा आएका छन् । पन्तद्वारा पहिलो पटक सङ्गीतबद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतको प्रचार गर्ने हेतुले उनिहरु सँगै मिडियामा देखिएका हुन् । पन्तकै स्वरमा रहेको गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।

ठुलोपर्दा टिभिसँगको कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् ।

हेर्नुहोस् कुराकानीः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>