सूचना-प्रविधि

दसैंका लागि एनसेलको सस्तो योजना, अन्य नेटवर्कमा समेत १ रुपैयाँ २८ पैसामा कुरा गर्न सकिने

Banner

काठमाडौं,कार्तिक ७ –

चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकका लागि अझै सस्तो दरको योजना ल्याएको छ। एनसेल आजियाटाले आफ्नो ‘प्लस’थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’योजनामा थप आकर्षक सुविधा थपेको छ। योजना अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित मात्र १ रुपैयाँ २८ पैसामा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ। अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २ रुपैयाँ ५४ पैसा प्रति मिनेट शुल्क लाग्छ।

कम्पनीले यही योजना अन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ। इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कुराकानी गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अन्यअवस्थामा एनसेल नेटवर्क भित्र कलगर्दा २ रुपैयाँ ५४ पैसा प्रति मिनेट शुल्क लाग्छ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक सुचारु गर्न सक्छन्। सात दिन समयसीमा रहेको प्याकमा ग्राहकले मात्र ९५ रुपैयाँ ७७ पैसामा ७०० मिनेट अन नेट टक टाइम ९७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम पाउने कम्पनीले जनाएको छ। गाहकले मात्र १ सय ९१ रुपैयाँ ५४ पैसामा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३ सय ८१ रुपैयाँ ७९ पैसामा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन्। ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सात दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठूलो अक्षरमा पिडी लेखेर १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>