मनोरञ्जन
मनोज र अन्नुको ‘तोर मायाक सागरमा’ बजारमा आउँदै, फस्ट लुक सार्वजनिक

चितवन, कार्तिक ६–
पछिल्लो समय एकपछि अर्को गर्दै थारु भाषाका नयाँ–नयाँ गीतहरु सार्वजनिक हुने क्रम चलिरहेको छ ।
यसैक्रममा चर्चित गायक मनोज महतो र गायिका अन्नु चौधरीको नयाँ गीत ‘तोर मायाक सागरमा….’ बोलको गीत बजारमा आउँदै छ । हालै मात्र यस गीतको भिडियो रमणीय स्थल इलाममा छायाँकन सम्पन्न भएको छ ।
यस गीतको म्युजिक भिडियो यही कार्तिक ९ गते सार्वजनिक गरिने भिडियोका निर्देशक हिरा चौधरीले जानकारी दिएका छन् । निर्देशक चौधरीले यस भिडियोलाई निकै उत्कृष्ट बनाउने प्रयास गरेका छन् ।
भिडियोमा नेपाली चलचित्र र गीत संगीतमा चर्चा कमाएकी मोडेल सृष्टि खड्का र देव महतोलाई देख्न सकिन्छ । यस गीतको भिडियो चितवनका केही स्थान र इलामका केही स्थानहरुमा छायाँकन गरिएको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरिरहेका छन् ।
यस गीतमा गायक महतोकै संगीत रहेको छ । संगीत संयोजना भने गणेश चौधरीको रहेको ।
























