मनोरञ्जन
अञ्जुपन्तको नयाँ गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक
०

चितवन, कात्तिक ४-
गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ ।
पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाउनु भएको छ । हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर गायक तथा संगीतकार डिबी खड्काले यस गीतमा पनि केही नौलो शैली दिने कोसिस गर्नुभएको छ । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतमा संगीत एरेन्ज देबेन्द्र नेवाले गर्नु भएको हो ।
गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गर्नु भएको हो । गीतको शब्द तथा संगीतमा आफूले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताउनु भयो । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’ खड्काले थप्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























