Uncategorized

गायक ढकालको स्वरमा बेलायतको राजदूत सुवेदीको गीत सार्वजनिक

Banner

चितवन, कात्तिक ४–

लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘अधर’ सार्वजनिक भएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को सो नयाँ गीतमा शिखर शन्तोषले संगीत भर्नु भएको छ ।

बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा पनि अब्बल देखिनुभएको निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिनालगायतका स्थानहरु देखाइएको छ ।

डा दुबसु क्षेत्री नेशनल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसँगको सहकार्यमा म्युजिक भिडियो तयार भएको हो । निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ । राजदूत डा. दुबसुको गीतमा रामकृष्णको स्वर, विष्णु र रोश्नाको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>