प्रवास

अमेरिकाकी नेपाली गायिका कार्कीको गीत ‘दिलको ड्राइभर’ सार्वजनिक

Banner

चितवन, कात्तिक २-

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएकी ईशा कार्कीको शब्द रचना तथा संगीतमा ‘दिलको ड्राइबर’ बोलको गीत सार्वजनिक भएको छ । यसमा स्वयम् ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रिकेश गुरुङ को रहेको छ । हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र कञ्चन खड्काको अभिनय रहेको गीतलाई मनोज विष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।

राज महर्जनको कोरियोग्राफीमा निर्माण गरिएको गीतमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छायांकन गरिएको भिडियोलाइ ईशा कार्की र अमृतजंग कुँवरले परिकल्पना गर्नुभएको हो । भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>