मनोरञ्जन
मोडल पल शाहको अभिनयमा ‘झिम झिम परेली’ गीत सार्वजनिक
०

चितवन, कात्तिक १-
गायक टंक बुढाथोकी र कविता सिवाकोटीको नयाँ गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयम् टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण विकले गर्नुभएको छ ।
चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत हुनु भएको छ । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिनुभएको छ ।
म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिच्नु भएको छ भने सम्पादन नविन निरौलाले गर्नु भएको छ । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गर्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























