प्रवास

अमेरिकाका नेपालीहरुको लघु चलचित्र ‘पुरानो चस्मा’ सार्वजनिक

Banner

डिसी, अमेरिका, कात्तिक १

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा रहेको छ । जब उनीहरुका बुवाआमा अमेरिका भ्रमण गर्न आए पछि कथाले अर्को मोड लिने चलचित्रमा चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल, अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, मायादेवी कडरिया तथा निरु खत्री रहनु भएको छ ।

चलचित्रको सम्पादन उज्वल ढकालले गर्नु भएको हो भने ध्वनि मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथाको आलेख विनयप्रसाद ढकालको रहेको छ भने निर्देशन विश्व शर्माको रहेको छ । सार्वजनिक गरिएको लघु चलचित्रको अवधि कुल १६ मिनेट ५१ सेकेण्ड रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>