मनोरञ्जन
सरु र सुनिलको ‘डिजिटल फोटो’ गीत सार्वजनिक
०

चितवन, कात्तिक १ –
गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दर्जनौ गीतमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ ‘डिजिटल फोटो’ को म्युजिक भिडियो ल्याउनु भएको हो ।
गीतमा कुमार कटुवालको शब्द र दिपक शर्माको संगीत रहेको छ । त्यसैगरी उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएको हो । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कँडेलको मुख्य अभिनय रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























