मनोरञ्जन
आचल शर्माको अभिनय रहेको गीत ‘के दिउ खै’ सार्वजनिक
०

चितवन, असोज २२-
नयाँ म्यूजिक भिडियो ‘के दिउ खै’ सार्वजनिक भएको छ ।
आचल शर्मा र विकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।
रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गर्नु भएको हो । सञ्चारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त हुनुहुन्छ ।
म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायांकन, नविन निरौलाको सम्पादन ,राजिव समरको कोरियोग्राफी रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























