मनोरञ्जन
बिन्दु परियारको गीतमा जुम्ल्याहा प्रिज्मा र प्रिन्सीको अभिनय
०

चितवन, असोज १९-
गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भन्डारीको शब्द सृजनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय गज्जब सुहाएको छ ।
सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गर्नु भएको हो । अर्जुन तिवारी र उहाँको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गर्नु भएको हो । निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ । गायिका परियारले यसअघि ‘पर्ख पर्ख मायालु’ , ‘पहिलो नम्बरमा’ लगायतका लोकप्रिय गीतमा स्वर दिनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























